काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईका छोराले गैरकानूनी रुपमा थुनामा राखेको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै उनलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले प्रसाईंलाई पक्राउ गरेको थियो ।