काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चीन भ्रमणको समयमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने प्रष्ट पारेका छन् । उनले सोमबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँगको छलफलका क्रममा यस्तो प्रष्टीकरण दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, “चीनसँगको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ऋणको परियोजना होइन। चीनसँगको हाम्रो लामो र मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यो भ्रमण तय गरिएको हो। हामीले सधैं राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर काम गरेका छौं। भ्रमणका विषयमा कांग्रेस र एमालेबीच विवाद छ भनेर भ्रम फैलाउन कुनै आधार छैन।”
प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणका जाँदैछन् ।


