काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदैछन् । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन जुम्ला जान लागेका हुन् । उनी आज बिहान ११ बजे जुम्लाका लागि प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गत भदौ २३ गते हुने प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री आउन नसकेपछि दीक्षान्त समारोह स्थगित भएको थियो। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई ओलीले दीक्षित गर्ने कार्यक्रम तय भएको छ।
प्रतिष्ठानको नवनिर्माण भएको शैक्षिक भवन उद्घाटन गर्नेसहितका विभिन्न थप कार्यक्रम पनि रहेको छ।


