काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ ।
शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रीत रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका छन् ।


