काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भोलि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठकमा विभिन्न विषयमा छलफल गरिनेछ । समसामयिक राजनीति, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी, स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा बैठकमा छलफल गरिने उनले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछाने भने बैठकमा सहभागी हुने छैनन् । उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।


