काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको कामलाई थप प्रभावकारी बनाउने उदेश्यले नै लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । पूर्व अर्थमन्त्री उनले शुक्रबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवाशक्तिलाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको प्रवक्ता डा महतको भनाइ थियो । अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नुपर्ने बताए ।


