काठमाडौं । आज भएको स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आइतबार साँझ विज्ञप्तीमार्फत ६२ प्रतिशत मत खसेको जानकारी दिएको हो।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटाले उम्मेदवारी दिएका थिए।