काठमाडौं । आज पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३२ अङ्कले घटेर २६६९ दशमलव ८२ को विन्दुमा पुगेको छ ।
मंगलबार ३०३ कम्पनीका ५२ हजार ७ सय ५ पटकको कारोबारमा ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर खरिद बिक्रबाट ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँ बराबरको कारोबार रहेको छ ।
८५ कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् भने आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा लगानीकर्ता झुम्मिएका छन् ।