काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार बुधबार भने उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको हो ।
आज १ करोड ८३ लाख कित्ता सेयर बिक्रीबाट ५ अर्ब ५ करोड रकम बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कम्पनीहरुको सेयर ९.९७ प्रतिशतसम्म बढेको छ भने ९.९९ प्रतिशतसम्म घटेको छ। बैंकिङ समूहमा उत्साह देखिएको छ। यस समूहको सूचक ३.४३ प्रतिशतले बढेको छ।