काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई मजबुत बनाउन सबैको प्रयास आवश्यक रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले विहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासङ्घको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले १८ महिना सरकारको नेत्तृत्व गर्देगर्दा सुशासन सामाजिक न्याय र आर्थिक सम्मृद्धिका लागि आफ्नो सम्पूर्ण उद्देश्य र मिहिनेत रहेको दाबीसमेत गरे ।


