काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले शिक्षामा सुरु गरेका राम्रा कामलाई अहिलेको सरकारले बेवास्ता गरेको आराप लगाएका छन् । पूर्व प्रधानमन्त्री उनले शुक्रबार धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका-८ एकीकृत छात्रावास समुद्घाटन कार्यक्रममा यस्तो आरोप लगाएका हुन् ।
शिक्षामा भागबन्डा गरेर विश्वविध्यालयहरूमा भिसी रेक्टर नियुक्त हुँदा शिक्षाको गुणस्तर घट्ने र युवा विधार्थी पलायन हुने स्थित भएको बताउँदै उक्त कुरा रोक्न आफूले शिक्षा क्षेत्रको सुधारमा गर्नमा गरेको पहललाई अहिले उल्टाउने खेल भैराखेको उनले बताए। सरकारलाई राम्रो होइन आफ्नो मात्रै चाहिएको उनले बताए ।


