काठमाडौं । सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन तयार भएको छ प्रहरीले सोमबार सरकारी वकिल कार्यालयलेलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने प्रहरीका एक उच्च अधिकृतले बताए । मुद्दा फाँटले प्रतिवेदन तयार गर्ने काम गरिरहेको जनाइएको छ ।
सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर जिल्ला अदालतमा पेस गर्ने छ ।


