काठमाडौं । मंगलबार झिनो अंकले बढेको शेयर बजार बुधबार भने एकल अंकले घटेको छ । । आज नेप्से परिसूचक ५ दशमलव ६० अंकले घटेर २६२८ दशमलव २६ को विन्दुमा पुगेको छ ।
आज ३१४ कम्पनीका ४९ हजार ४२१ पटकको कारोबारमा ८१ लाख ४७ हजार ३२० कित्ता सेयर खरिद बिक्रीबाट ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
१३ उपसमूहमध्ये तीन वटा बढ्दा अन्य राताम्मे छन् । ८१ कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा घटेका छन् भने १२ कम्पनी स्थिर रहेका छन् । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


