काठमाडौं । मंगलबार झिनो अंकले बढेको शेयर बजार बुधबार प्रि ओपन सेसनमा सामान्य अंकले बढेको छ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले बढेको हो ।
यो समयमा ३५ स्क्रिप्सको १ हजार १७३ कित्ता सेयर ९ लाख ६६ हजार २६० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका स्टक्समध्ये १९ वटाको मूल्य बढ्यो भने १४ वटाको स्थिर रह्यो।


