काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको टिप्पणी गरेका छन् । उनले शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
थापाले सरकारको फेरबदल अहिले नहुने तर, सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राखे । रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले यस विषयमा आफूले कुनै टिकाटिप्पणी नगर्ने उनको भनाइ छ ।


