काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नै मुस्लिमलाई संवैधानिक हैसियत दिएको दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले विहीबार जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानअन्तर्गत सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा यस्तो दावी गरेका हुन् ।
उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने उनको दाबी छ।


