काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू ०८४ सम्म सरकरको नेतृत्व नगर्ने पक्षमा नरहेको उद्घोष गरेका छन् ।
उनले शुक्रबार पर्सामा प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए ।
उनले नेपालको राजनीतिक घटनाक्रमतिर संकेत गर्दै आफू ०८४ सम्म सरकरको नेतृत्व नगर्ने पक्षमा रहेको बताए ।
दाहालले अहिले आफू प्रधानमन्त्री बन्न इच्छुक नभएको बताएका हुन् । दाहालले सत्ता परिवर्तन हुने संकेत गर्दै ‘केही न केही हुन्छ’ भनेका छन् ।