काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् ।
समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताए ।उनले समाजवादी मोर्चा प्रचण्डका लागि सरकारमा जाने टेको भएको भन्ने गलत हल्ला फैलिएको बताउँदै मोर्चाका लागि प्रतिवेदन तयार गर्न समय लागेका कारण बैठक बस्न ढिलो भएको बताए । समाजवादी मोर्चा जे उद्देश्यले गठन भएको हो त्यही उद्देश्यमा अगाडि बढिरहेको समेत उनले बताए ।