काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सबै गणतन्त्र पक्षधर एकजुट हुनुपर्नेमा जोड दिएका छन् । पूर्व प्रधानमन्त्री उनले मंगलबार सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘म संविधानसभाबाट नयाँ संविधान निर्माण पक्षधरहरूलाई गम्भीर आत्मसमीक्षा गरी मिलेर जान अपिल गर्छु । गणतन्त्र पक्षधरहरू मिलेर मात्रै सबै समस्या समाधान गर्न सकिन्छ । राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर हो’, उनले भने ।