काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको घटनामा सरकारले पूर्वराजालाई कडा कारबाही गर्नुपर्ने जिकिर गरेका छन् ।
उनले शनिबार बिहान समाजवादी मोर्चाको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो माग गरेका हुन् ।
साथै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको बताउँदै सरकारले कडा कदम चाल्न आग्रह गरे ।