काठमाडौं । विहीबार पनि सेयर बजार घटेको छ । आज सेयर बजार परिसूचक (नेप्से) २ दशमलव ७० अंकले घटेको हो ।
आज एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर खरिद बिक्रीबाट १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
९९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।