काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् ।
शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाईमा राजावादीहरूले शनिबार दिउँसो नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले पछिल्लो केही दिनयता राजतन्त्रको पक्षमा जनमाहोल बढ्दै गएको दाबीसमेत गरेका छन्। फागुन २५ गते पोखराबाट काठमाडौं फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा जनताको उल्लेख्य उपस्थिति देखिएपछि राजावादीहरू हौसिएका छन्।