काठमाडौं । मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसूचक (नेप्से) ७.६६ अंकले घटेको हो । आज ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार नेप्सेमा आएको गिरावटसँगै नेप्से २७ सय बिन्दु तल २६९७.०४ मा पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज भएको शेयर कारोबारमा १५२ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ५ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल भएन ।
आज नेप्से घटेसँगै अन्य उपसमूह बाहेक सबैको सूचक घट्न पुगेको छ ।