काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ।
आज १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेचबाट ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनीको सेयरमूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचकमात्र वृद्धि भएको छ ।