काठमाडौं । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले भूमिबाहेकका पाँचवटा अध्यादेश पेस गर्दैछ।
सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीसँग मंगलबार सहमति जुटेपछि सरकाले भूमिबाहेकका पाँचवटा अध्यादेश सदनमा प्रस्तुत गर्न लागेको हो।
गएको माघ १८ गते नै सरकारले ६ अध्यादेश संसद्मा दर्ता गरेको थियो।
हिजो बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने सहमति जुटेको थियो।
आज संसद्मा अध्यादेश पेस हुने भएपछि सत्ता साझेदार मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप लगाएका छन्।