काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज तोलाको एक लाख ७० हजार चारसय रुपैयाँ कायम भएको छ।
यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।आज चाँदीको भाउ भने स्थिर छ।