काठमाडौं । केही दिनदेखि लगातार घटेको सेयर बजार आज भने बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा पुगेको हो।
७ कारोबार दिनपछि बल्ल आज नेप्से बढेको हो। सेयरबजारले आज २७१८ विन्दुमा प्रतिरोध पायो।
योसँगै आज ८ अर्ब २३ करोडको कारोबार भएको छ। २ करोड २९ लाख कित्ता बिक्रीपछि यो परिमाणको कारोबार भएको हो।