काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । आज सेयर बजार परिसूचक (नेप्से) २५।१६ अंकले घटेको हो ।
आन २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर खरिद बिक्रिबाट १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९६ करोड ७० लाख बढीको सेयर कारोबार भयो। मंगलबार पनि सेयर बजार घटेको थियो ।