काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो समय राजावनदीहरुले टाउको उठाउन थालेको भन्दै पार्टीको जारी ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ ।
सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यक रूपमा सल्बलाउन थालेको दावी गर्दै माओवादीले फागुन १२ गतेबाट सुरु भएको अभियान तत्कालका लागि स्थगित गरेको हो ।
‘केपी ओलीले असाध्यै गलत कामहरू गर्नुभयो । सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यकरुपमा सल्वलाउन थाले,’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘यसै विषयमा छलफल गर्न भोलि (आइतबार) पदाधिकारी बैठक बोलाइएको छ