काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार महँगी नियन्त्रण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
उनले विहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले आमनागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवं प्रयोगमा आउने सामग्रीको सहज र सुलभ आपूर्ति व्यवस्थापनका लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको बताए।