काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने दावी गरेका छन् ।
उनले शनिबार काभ्रेको बनेपामा आयोजित अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सातौँ अधिवेशनमा क्रममा यस्तो धारणा राखेका हुन् ।
उनले आन्दोलनका नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने जोसुकैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा जोड दिए । हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको उनले बताए ।


