काठमाडौं । केही दिनदेखि लगातार घटेको सेयर बजार आज पनि घटेको छ । आज सेयर बजार मापक परिसूचक (नेप्से) १४.८८ अंकले घटेको हो ।
आज कुल ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर बिक्रीबाट ५ अर्ब १४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन ५३ वटा सेयर बढे पनि १८३ वटा घटेका र ७ वटा अघिल्लो मूल्यमै कारोबार भएको नेप्सेले जनाएको छ।


