काठमाडौं । विहीबार पनि सेयर बजारमा उच्च अंकले बुद्धि भएको छ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक (नेप्से) ४१.४३ अंक बढेको हो ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।
अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् ।


