काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको जानकारी दिए ।
अध्यक्ष दाहालले जनयुद्धका क्रममा केन्द्रीय आधार इलाकाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा महिला क्रान्तिकारीको त्याग र बलिदानका कयौँ कृतिमान कायम गरेको स्मरण गरे ।


