काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा सामान्य बृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८१ अंकले बढेको हो ।
आज १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेचबाट ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन ।आज दिनभरमा ३२४ वटा कम्पनीको शेयर ६९ हजार ८९ पटक किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ ।


