काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
उनले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो रहेको पनि जिकिर गरे । उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने बताए । छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनुपर्नेसम्मको प्रस्ताव गरे ।


