काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको मात्रै बहुमत नभएकाले अरु दलसँग मिलेर सरकार गठन गर्नुपर्ने अवस्था आइपरेको बताएका छन् ।
पूर्व प्रत्रानमन्त्री उनले शनिबार प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । उनले अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताए ।
उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसद्मा रहेको जिकिर गरे ।