काठमाडौं । संसदमा भइरहेको अबरोधबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।