काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८२ बहुमतले पारित भएको छ। आइतवारको प्रतिनिधिसभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो।
विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जवाफ दिएका थिए । उनले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए ।
यो विधेयक ऐनमा रूपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ ।


