काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनले शुक्रबार संसदमा बौल्दै कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा बिल्कुल गलत र अनुचित रहेको बताए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा पनि आफूले सञ्चारमाध्यमबाटै थाहा भएको दाबी गरे।
‘कार्यालय प्रमुख तीर्थाज भट्टराईलाई अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाटै थाहा पाएको हुँ” उनले थपे, ‘यसमा मेरो संलग्नता भएको भनिएको कुरामा सत्यता छैन। मेरो संलग्नता हुन सक्दैन भन्न चाहन्छु। राजनीतिक रुपमा षडयन्त्रपूर्वक कुरा उठाइयो खेद प्रकट गर्न चाहन्छु।’