काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सोचजस्तो परिणाम दिन नसकेकाले समीक्षा जरुरी रहेको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गरे ।
उनले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाँडै केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णय गर्नेसमेत बताएका छन् ।
त्यस्तै उनले पतञ्जलि जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गरे । संवैधानिक निकायले कानुनअनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने पनि उनले बताए ।


