काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । उनी कन्टेनर चालक हुन् ।
ना६ख ७५९१ नम्बरको कन्टेनरमा केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।


