काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता नारायण कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कँडेललाई शपथ ग्रहण गराएकी हुन् । कँडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका वकिल समेत थिए ।
महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो।


