काठमाडौं । विशेष अदालतले मालपोत कार्यालयसँग सम्बन्धित राजस्व हिनामिना तथा भ्रष्टाचार मुद्दामा चार जना तत्कालीन मालपोत अधिकृतलाई आरोपबाट सफाइ दिएको छ भने मुद्दाका एक मृतक प्रतिवादीका वारिसबाट राज्यलाई भएको क्षतिबापतको रकम असुल गर्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरू न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले भ्रष्टाचार ठहर हुने फैसला गरेको हो । मालपोत कार्यालयको फाँट ‘ग’मा कार्यरत नासु उपाध्यायले आर्थिक वर्ष ०७०र७१ मा सेवाग्राहीसँग काटेका ३१९ रसिदबाट संकलित राजस्व ‘राजस्व खाता’मा नबुझाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
अदालतले पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मी, हरिनारायण मिश्र र भुपबहादुर बोगटीलाई भने सफाइ दिएको छ ।


