काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ मा भएको आन्दोलन प्रतिगामी षड्यन्त्र भएको बताएका छन्।
उनले आइतबार मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको गोष्ठीमा उनले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको वैधानिक सरकारलाई अनेकौँ झुटा लाञ्छना लगाई, सामाजिक सञ्जाल र ‘मोबाइल फार्मङ’ मार्फत जनतामा चरम आक्रोश पैदा गरेर अवैध ढङ्गले विस्थापित गरिएको जिकिर गरे ।
‘त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो। त्यो लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन,’ ओलीले भने, ‘असंवैधानिक ढंगले संसद् भंग गरेर, वैधानिक सरकार भंग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन। तर नेपालमा त्यो भयो।’


