काठमाडौँ । तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा नेपाली यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । भट्टराईविरुद्ध गत साउन ११ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै प्रहरीले पक्राउ गरेको हो ।
भट्टराईले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा राहदानी र यात्रा अनुमतिपत्र जारी गर्ने जिम्मेवारीमा रहँदा नेपाल सरकारको पूर्वस्वीकृति वा गृह मन्त्रालयको सिफारिसविना नै गैरकानूनी रूपमा झुट्टा विवरणका आधारमा तिब्बती शरणार्थीहरूलाई यात्रा अनुमतिपत्र जारी गरेको अभियोगपत्रमा उल्लेख छ ।
अब उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ


