काठमाडौं । अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित व्यापारिक घराना देवनरा समूहका घर र अफिसमा प्रहरीले छापा मारेको छ ।
देवेनरा विराटनगरका उद्योगपतिहरू देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो। यी चार दाजुभाइ हुन्।
देवनरा समूहले मुख्यरुपमा चाँदीको कारोबार गर्छ भने बाबा आयल र हाइलाइफ चप्पल, तेल, साबुन, अगरबत्ती लगायत उत्पादन गर्छ।


