काठमाडौं। सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएका छन्।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलको सूचना तथा सञ्चार मन्त्रालयमा सरूवा भएपछि कोशी प्रदेश प्रमुख सचिवविहीन अवस्थामा रहेको थियो। उक्त रिक्त ठाउँमा सचिवमा बढुवा भएका भट्टलाई पदस्थापन गरिएको हो।
ढुवा समितिले सचिव बढुवाका लागि भट्ट, कुँवर र खत्री नाम सिफारिस गरेको थियो।


