काठमाडौं । अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने भएका छन् ।
प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निमित्त संसद सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन्।
एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।


