काठमाडौं । आफूलाई पार्टीले महामन्त्रीबाट हटाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
अनुशासन आयोगको सिफारिसअनुसार मंगलबार रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्य मात्र रहनेगरी पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाएको थियो।
सोअनुरूप आज उनले काठमाडौँको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे आयोजना गरिने डा. ढकालले बताएका छन्।


